रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु-Sutra News

रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८

काठमाडौंको कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भक्तपुरको ठिमीका ३५ वर्षिय सुरज खलाको मृत्यु भएको हो ।



दुर्घटनामा गम्भीर घाइते भएका खलाको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरको आकाशेपुल नजिकै सडक किनारामा रोकिराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश-०२-०२७ प ५९३७ नम्बरको मोटरसाइकल आज बिहान सवा २ बजेतिर ठोक्किएको थियो ।

दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट