उम्मेदवार छनोट गर्न नसकेपछि तनावमा पौडेल, हस्तक्षेप गर्ने तयारीमा युवा समूह-Sutra News

उम्मेदवार छनोट गर्न नसकेपछि तनावमा पौडेल, हस्तक्षेप गर्ने तयारीमा युवा समूह

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहबाट आगामी काँग्रेको १४ औं महाधिवेशनमा कसलाई उम्मेदवारी बनाउने भन्ने कुराको सकस परेको छ ।



पौडेल समूह आफ्नो तर्फबाट एक साझा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेको छ तर आन्तरिक विवादका कारण कसलाई बनाउने भन्ने कुरामा अझै टुंगो लाग्न सकेको छैन ।

उनीहरुले अझै पनि उम्मेदवार घोषणा गर्न नसके युवा  नेताहरुले हस्तक्षेप गर्ने सम्भावना बढेको छ ।

आज बिहान गौशालामा बसेको युवाहरुको एक बैठकले आगामी चुनावमा सभापति शेरबहादुर देउवाको विकल्पमा अझै पनि साझा उम्मेदवार घोषणा गर्न नसके आफूहरुले हस्तक्षेपकारी भूमिका खेल्ने निर्णय गरेका हुन् ।

उम्मेदवार घोषणा गर्नका लागि आज पौडेल समूहले बैठकसमेत बोलाएको छ । उनीहरुको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट