माओवादी राष्ट्रिय सम्मेलन- खाने र बस्ने व्यवस्था आँफै मिलाउनुपर्ने, प्रवेश शुल्क २ हजार लाग्ने-Sutra News

माओवादी राष्ट्रिय सम्मेलन- खाने र बस्ने व्यवस्था आँफै मिलाउनुपर्ने, प्रवेश शुल्क २ हजार लाग्ने

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन पौष ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुने भएको छ । उक्त सम्मेलनमा जम्मा १५ सय प्रतिनिधिहरु मात्र सहभागी हुने बताइएको छ ।



राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरुलाई खान र बस्नको व्यवस्थापन आफैले गर्नु पर्ने माओवादीले जनाएको छ ।

राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने विधानको आवश्यक परिमार्जन गर्न कमरेड देव गुरुङको संयोजकत्वमा कमरेड जनार्दन शर्मा, कमरेड लीलामणि पोख्रेल, कमरेड पम्फा भुसाल र मातृका प्रसाद यादव रहेको समिति गठन गरिएको छ ।

केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने लेवी, सदस्यता नवीकरण शुल्क र राष्ट्रिय सम्मेलनका लागि निर्वाचित प्रतिनिधिहरुको नामावली (पार्टी सदस्यता नम्बर समेत उल्लेख गरी) मंसिर २९ गतेसम्म अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाई सक्नु पर्ने माओवादीले जनाएको छ ।\

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट