नयाँ फिल्म बनाउँदै निखिल उप्रेती-Sutra News

नयाँ फिल्म बनाउँदै निखिल उप्रेती

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८

काठमाडौँ । अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म बनाउने भएका छन् ।



एक टेलिभिजनलाई अन्तर्वार्ता दिंदै उनले अबको समय एउटा फिल्म बनाउने तयारी गरेको र आफू त्यसैमा लागिपरेको बताएका हुन् ।

‘म अव महाफन्टुस फिल्म बनाउँछु । त्यसका लागि तयारी समेत गर्दैछु’, उनले भनेका छन् ।

बिगतका समयमा फिल्ममा राम्रो ख्याती कमाएका अभिनेता उप्रेतीले बीचमा फिल्म क्षेत्र छाडे भन्ने हल्ला पनि चलेको थियो ।

उनी पछिल्लो समय ‘आध्यात्मिक गुरु’का नामले पनि चर्चित रहेका छन् । उनका भिडियोहरु टिकटकमा पनि भाइरल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट