यी मालिक जसले जुम मिटिङमार्फत एकै पटक ९०० कर्मचारी पदमुक्त गरे-Sutra News

यी मालिक जसले जुम मिटिङमार्फत एकै पटक ९०० कर्मचारी पदमुक्त गरे

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८

भारतीय मूलका एक अमेरिकी मालिकले जुम वैठकमार्फत एकैपटक ९०० कर्मचारीलाई पदमुक्त गरेका छन् । धितो उपलब्ध गराउने कम्पनी बेटर डटकमका सीइअ‌ाे विशाल गर्गले जुम मिटिङमार्फत ९०० कर्मचारी पदमुक्त गरेका हुन् । क्रिसमस अ‌ाउनु केही दिनअघि उनले गरेकाे निर्णयलाई धेरैले क्रुर र स्वचेछाचारी भनेका छन् ।



कर्मचारीकाे कार्यसम्पादन चित्तबुझ्दाे नभएकाे र बजारमा देखिएकाे परिवर्तनका कारण अ‌ाफू कठाेर निर्णयमा पुगेकाे गर्गले बताएका छन् । कर्मचारीले दिनमा दुई घण्टा काम गरेर आठ घण्टाभन्दा बढी काम गरेको दाबी गरेको त्यो सबैका लागि अनुत्पादक बनेको उनले बताएका छन् ।

अ‌ाफ्नाे निर्णयबाट अ‌ाफै दुखी भएकाे उनले बताएका छन् । ‘पछिल्लो समय मैले यस्तो गर्दा म रोएको थिएँ,’ जुम मिटिङमा गर्गले भनेका छन् । गर्गले कर्मचारी बरखास्त गरेकाे फर्चुन म्यागेजिनले पुष्टि गरेकाे छ । यसअघि बेटर डटकमले ७५ करोड अमेरिकी डलर मुनाफा गरेको विवरण सार्वजनिक भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट