‘सप्तरङ्ग–३’को घोषणा, महानायक राजेश हमाललगायत चर्चित कलाकार सहभागी हुने-Sutra News

‘सप्तरङ्ग–३’को घोषणा, महानायक राजेश हमाललगायत चर्चित कलाकार सहभागी हुने

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८

सातै प्रदेशमा ‘सप्तरङ्ग–३’ कार्यक्रम संचालन हुने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो ।



गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाई लाई जनमानसमा कला मार्फत प्रष्ट्याउनुनै ‘सप्तरङ्ग’को मूल आशय हो ।

पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित भएको थियो । कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिर देखी काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ्ग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ । काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर , २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ।

‘सप्तरङ्ग–३’ मा अभिनेता राजेश हमाल , गायक बद्री पङ्गेनी , प्रमोद खरेल , रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी हुने छन् ।

विगत पाँच वर्ष देखी निरन्तर रूपमा गृष्मा ब्रोडकाष्टिडले मनोरञ्जनको क्षेत्रमा आफ्नो मौलिक कार्यक्रमहरू मार्फत सिङ्गो देशविदेशमा रही आएका नेपालीहरूलाई एउटै साझा सांगीतिक धागोमा गाँस्दै आएको छ । नेपाल र नेपालीलाई चिनाऔँ र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति , धर्म, भाषा र भेसभुषालाई विश्व सामु आफै चिनाउनेछन् भन्ने मूल हेतुलाई आत्मसाथ गरी नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने भनाई लाई प्रस्टाएको छ ।

पहिलो र दोस्रो संस्करणले सात प्रदेश बिचको आम जनताको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएको थियो । यो संस्करणले सातै प्रदेशमा साङ्गीतिक यात्राको माध्यमबाट स्वास्थ्य र संवृद्धि को नारा लाई प्रवर्द्धन गरिनेछ । यसै गरी कार्यक्रमको होस्ट निता प्रधान , विवेक खतिवडा र नरेश भट्टराईले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट