आइएमई लाइफले गर्यो ९० जना राइजिङ स्टारलाई सम्मान-Sutra News

आइएमई लाइफले गर्यो ९० जना राइजिङ स्टारलाई सम्मान

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८

व्यवसाय विस्तार गर्न आफ्ना कर्मचारी तथा अभिकर्ताहरुको दक्षता बढाउन तालिम तथा प्रोत्साहनका कार्यक्रम गर्दै आएको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्णाली प्रदेश तथा बाँके, बर्दियाका ९० जना राइजिङ स्टार क्लवका सदस्यहरुलाई सम्मान गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७७/७८मा राइजिङ स्टार क्लवमा योग्यता पुगेका सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मानका साथै प्रशिक्षण समेत दिएको हो ।



उक्त कार्यक्रममा बीपी रेग्मी कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, कम्पनिका विजनेस प्रमुख कर्मराज पौडेल,कम्पनीका प्रदेश प्रमुख प्रेमप्रसाद तिमिल्सेना, कम्पनीका क्षेत्रिय प्रमुख धिरेन्द्र बहादुर शाहीले आफ्नो कम्पनीको प्रोडक्ट कसरी सेल गर्ने, बीमितहरुलाई छिटो छरितो तथा उत्कृष्ट बीमा सेवा कसरी प्रदान गर्ने लगायत बीमा सम्बन्धी थुप्रै विषयमा प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रम नेपालगञ्जको सिद्धार्थ होटलमा सम्पन्न भएको हो । कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ता र एजेन्सी मेनेजरहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट