कांग्रेस महामन्त्रीका दाबेदार साउदले खोले सम्पर्क कार्यालय-Sutra News

कांग्रेस महामन्त्रीका दाबेदार साउदले खोले सम्पर्क कार्यालय

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा दाबेदार एनपी साउदले सम्पर्क कार्यालय खोलेका छन् । वर्तमान केन्द्रीय सदस्यसमेत रहेका साउदले अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटअगाडि लायन्स हब रहेको भवनको तेस्रो तलामा सम्पर्क कार्यालय खोलेका हुन् ।



कार्यालयको औपचारिक शुभारम्भ भोलि बुधबार हुनेछ । यद्यपि कार्यालयमा नेता कार्यकर्ताको उपस्थिति बढेको छ । साउदका सहयोगी दिपक जोशीले कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए । महामन्त्री पदका लागि तयारी गर्न, कार्यकर्ता भेटघाट गर्न र सम्पर्क विस्तारका लागि कार्यालय खोलिएको उनको भनाइ छ ।

साउदको सचिवालयले भेटघाटमा लागि आउने नेता कार्यकर्तालाई सम्पर्क कार्यालयमा आउन अपिल गरेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन २४-२७ मंसिरमा भृकुटीमण्डपमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट