कर्णालीका मुख्यमन्त्री शाहीको कांग्रेस सहमहामन्त्रीमा उम्मेद्वारी घोषणा-Sutra News

कर्णालीका मुख्यमन्त्री शाहीको कांग्रेस सहमहामन्त्रीमा उम्मेद्वारी घोषणा

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।



मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले हालसम्म तीन कार्यकाल केन्द्रीय सदस्य भइ पार्टी हितमा कुशलतापूर्वक भूमिका निर्वाह गरेका कारण यसपटक सहमहामन्त्री पदमा उनले मनोनयन दर्ता गरेको बताए ।

कांग्रेसले यस पटकदेखि समावेशी समूहअन्तर्गत खस आर्य, महिला, थारु, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट १र१ जना सहमहामन्त्री चुन्ने व्यवस्था गरेको छ ।

प्रदेशसभामा कांग्रेसको ६ सिट मात्र भए पनि वर्तमान सत्ता गठबन्धन निर्माणको सुरुवात कर्णालीबाटै आफूहरुले गरेकाले पार्टी नेताहरुले उक्त भूमिकाको मूल्याङ्कन गर्दै सहमहामन्त्रीको जिम्मेवारी दिनुपर्ने शाहीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट