देउवा र प्रचण्ड यो व्यवस्थाबाट अताल्लिए, अब हाम्रै अभियानमा आउँछन्- विप्लव-Sutra News

देउवा र प्रचण्ड यो व्यवस्थाबाट अताल्लिए, अब हाम्रै अभियानमा आउँछन्- विप्लव

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारले आफ्नो पार्टीसँग गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आग्रह गरेका छन् ।



बिराटनगरमा शनिबार आयोजना गरिएको वृहत् जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले आफूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसंग गरेको सम्झौताअनुसार जेलमा रहेका आफ्ना कार्यकर्ताहरुलाई रिहा गर्नसमेत आग्रह गरेका थिए ।

त्यस्तै उनले केपी ओली, शेरबहादुर देउवा बाबुराम भट्टराई लगायतका सबै नेताहरु एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद असम्भव भन्दै हिंड्ने तर यो व्यवस्थाबाट दिक्क भइसकेको दाबी गरे ।

हिंसात्मक गतिविधिमा लागेको भन्दै विप्लव नेतृत्वको नेकपा भूमिगत भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा उनीमाथिको प्रतिबन्ध हटेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट