बालकोट पुगेका कानून व्यवसायीसंग कड्किए ओली- चोलेन्द्रलाई महाभियोग लगाएर समस्या समाधान हुन्छ ?-Sutra News

बालकोट पुगेका कानून व्यवसायीसंग कड्किए ओली- चोलेन्द्रलाई महाभियोग लगाएर समस्या समाधान हुन्छ ?

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतबाट हटाएर मात्र समस्याको समाधान नहुने बताएका छन् ।



नेपाल बार एशोसिएसनको टोलीसँग आफ्नै निवास बालकोटमा भएको छलफलमा उनले यस्तो निचोड निकालेका हुन् ।

कानून व्यवसायीहरुले उनलाई चोलेन्द्रलाई महाभियोग लगाएर हटाउने भन्ने विषयमा छलफल गरेका थिए तर उनले महाभियोग मात्र समस्याको समाधान नभएको बताएका हुन् ।

त्यस्तै उनले आफू प्रधानमन्त्री हुँदा अदालतमा मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका छन् ।

‘म प्रधानमन्त्री हुँदा ५६ हजार सिग्नेचर गरे । एउटा प्रधानमन्त्रीले अदालतमा वादी प्रतिवादी मुद्दामा ५६ हजार सिग्नेचर गर्नुपर्‍यो । यो समयको बर्बादी होइन ? कसैलाई लाग्छ मुद्दा हालिदिने ?’ उनले कानुन व्यवसायीलाई प्रश्न गरे ।

सुर्खेतमा खरदारले बदमासी गर्दा नेपाल सरकारविरुद्ध मुद्दा पर्ने यसमा पनि प्रधानमन्त्रीले सिग्नेचर गर्नुपर्ने अवस्था रहेको भन्दै ओलीले यो प्रक्रियागत कुरा पनि सच्याउनुपर्ने बताए ।

‘न मैले कुनै लेनदेन गरेको छु न कसैलाई बनाएको छु । मैले पनि सक्थे होला नि । कानुनले बनाउन पाउने मात्रै बनाएको कुरालाई पनि लगेर अदालतले रोकिदिने ?’ उनले आक्रोश पोखे ।

उनले न्यायलय सुधारको कुरामा एमाले प्रतिबद्ध रहेको तर सबैले कमजोरीहरु सुधार्दै लानुपर्नेमा जोड दिए । उनले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन अरु दल तयार भए एमाले बाधक नबन्ने स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट