यसो रहर गर्दै बहिनीको पसलमा बसेको थिएँ, भाइरल भएछु-Sutra News

यसो रहर गर्दै बहिनीको पसलमा बसेको थिएँ, भाइरल भएछु

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८

यतिबेला जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ । तस्बिरमा देखिएअनुसार गायक शर्मा सडकको पेटिमा नाङ्लो र क्रेटमा मकै, खुर्सानी र कागती बेच्न बसेका छन् ।



चर्चित गायक सडकको पेटिमा बसेको विषयलाई कतिपयले सहानुभूतिको नजरले पनि हेरेका छन् ।

तर, वास्तविक अर्के भेटिएको छ । उक्त तस्बिरमा देखिएको विषय साँचो नभएको स्वंय शर्माले बताएका छन् ।

वास्तवमा त्यो पसल मेरो होइन, एकजना बहिनीले मैतीदेवीमा राख्नुभएको पसल हो’, शर्माले सञ्चारमाध्यमलाई बताएका छन्, ‘यसो रहर गर्दै म पसलमा बसेको थिएँ, त्यतिवेला सडकमा उभिएकाहरूले फोटो खिच्नुभएको थियो, अहिले भाइरल भएछ ।’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट