बालिका बलात्कार मुद्दामा १८ वर्ष कैद-Sutra News

बालिका बलात्कार मुद्दामा १८ वर्ष कैद

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

संखुवासभा, २२ मंसिर- संखुवासभामा १३ वर्षीय बालिका बलात्कार मुद्दामा अदालतले युवकलाई दाेषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेकाे  छ ।



१३ वर्षीया बालिकालाई बलात्कार मुद्दामा खाँदबारी नगरपालिका-९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला जिल्ला अदालत संखुवासभाले गरेकाे हाे ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मंसिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र पीडिले राहत कोषमा  २२ सय रुपैयाँ जम्मा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले बताए ।

पीडित बालिकालाई आरोपितले गत वैशाखमा बलात्कार गरेको मुद्दा परेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट