ज्ञानेन्द्रले गरेको हस्तक्षेपको छानबिन नभएसम्म म बैठकमा जान्न – कमल थापा-Sutra News

ज्ञानेन्द्रले गरेको हस्तक्षेपको छानबिन नभएसम्म म बैठकमा जान्न – कमल थापा

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय समितिको बैठकमा पूर्व अध्यक्ष कमल थापा सहभागी नहुने भएका छन् ।



बुधवार सुकेधारास्थित एक पार्टी प्यालेसमा बोलाइएको बैठक थापाले बहिष्कार गर्ने भएका हुन् ।

थापाले महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेर आफूलाई अध्यक्षमा पराजित गरेको आरोप लगाएका थिए । थापानिकट स्रोतका अनुसार महाधिवेशनमा शाहले गरेको हस्तक्षेपको छानबिन हुनुपर्ने माग थापाले राखेका छन् ।

महाधिवेशनबाट आफू पराजित भएलगत्तै थापाले सामाजिक सञ्जालमार्फत पूर्वराजा शाहको आलोचना गरेका थिए । केही दिनअघि काठमाडौमा सम्पन्न महाधिवेशनबाट निर्वाचित अधिकांश पदाधिकारीहरू भने थापानिकट नै रहेका छन् ।

आफूले केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने भएपनि आफूनिकट नेताहरूलाई थापाले सहभागी हुन निर्देशन दिएका छन् ।

थापानिकट एक नेताले उनको भनाइ उदृत गर्दै भने, ‘महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपले अनपेक्षित परिणाम आयो । यसले राजसंस्थाप्रति हाम्रो विश्वासलाई कमजोर गर्ने काम गरेको छ । हस्तक्षेपको छानबिन नभएसम्म म बैठकमा उपस्थित हुनुको कुनै अर्थ छैन ।’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट