प्रेमिकाको खोजीमा एक बाघ, जो ३ हजार किलोमिटर हिंड्यो-Sutra News

प्रेमिकाको खोजीमा एक बाघ, जो ३ हजार किलोमिटर हिंड्यो

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

भारतमा एक बाघले सबैभन्दा लामाे पैदल यात्राकाे रेकर्ड बनाएकाे छ ।



‘वाकर’ नामकाे उक्त बाघले भारतमा अहिलेसम्म दर्ता भएकामध्ये ‘सबैभन्दा लामाे पैदल-यात्रा’ पूरा गरेकाे अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाघले महाराष्ट्र र तेलंगनाका सात जिल्लामा ३ हजार किलाेमिटरकाे यात्रा गरेकाे छ ।

उक्त बाघले महाराष्ट्रकाे ज्ञानगंगा वन्यजन्तु आरक्षलाई आफ्नाे बासस्थान बनाएकाे छ । वन्य-जीव अधिकारीहरूले उसलाई वाकर नाम दिएका हुन् ।

साढे तीन वर्षकाे उक्त नर बाघ गत वर्षकाे जूनमा महाराष्ट्रकाे एक आरक्ष छाेडेर हिँडेकाे थियाे । अधिकारीहरूका अनुसार सम्भवतः ऊ बघिनीको खोजीमा थियाे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट