प्रभु बैंकलाई लाभांश वितरण गर्न अनुमति-Sutra News

प्रभु बैंकलाई लाभांश वितरण गर्न अनुमति

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेयरधनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ । बैंकले लगानीकर्तालाई घोषणा गरेको लाभांश अब राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस हुनेछ ।



बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६३ प्रतिशत दिन लागेको छ । उक्त लाभांश सभाले पारित गरेपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट