अनुपम फुडल्यान्डको बैठकमा भएन साझा उम्मेदवार तय, चाक्सीबारीमा ३ बजे फाइनल छलफल हुने-Sutra News

अनुपम फुडल्यान्डको बैठकमा भएन साझा उम्मेदवार तय, चाक्सीबारीमा ३ बजे फाइनल छलफल हुने

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

अनुपम फुडल्यान्डमा बसेको कांग्रेस संस्थापन इतर समूहको छलफल सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको छ ।



बुधबार बिहानदेखि दिउँसो १ बजेसम्म भएको छलफलमा पौडेल समूहका जिल्ला सभापति र केन्द्रीय सदस्यहरूले एउटै उम्मेदवार तय गर्न र नेताहरूलाई मिलेर जान सुझाव दिएका थिए ।

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला उपस्थित थिए । पछि पौडेल बाहिरिएका थिए । छलफलमा प्रकाशमान सिंह र शेखर कोइराला भने सहभागी थिएनन् । तर, सो भेलाले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेन ।

अब चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा दिउँसो पौडेल, सिंह, शशांक र शेखरबीच छलफल हुने भएको छ । सो छलफललाई फाइनल भनिएको छ । यदि प्रकाशमान र शेखर नमिलेमा पौडेलले सभापतिमा उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट