साना व्यवसायीलाई पनि समेटेर निर्माण व्यवसाय अघि बढोस् – मन्त्री झाँक्री-Sutra News

साना व्यवसायीलाई पनि समेटेर निर्माण व्यवसाय अघि बढोस् – मन्त्री झाँक्री

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

काठमाडौं । सहरी विकासमन्त्री  रामकुमारी झाँक्रीले साना व्यवसायीलाई पनि समेटेर अघि बढ्न नेपाल निर्माण व्यवसायी महासंघलाई सुझाव दिएकी छन् ।



१४ औँ निर्माण दिवस २०७८ को प्रभातफेरि कार्यक्रममा सहभागी हुँदै मन्त्री झाँक्रीले साना व्यवसायीलाई पनि अवसर दिएर अघि बढाउनुपर्ने बताएकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले भनिन्, ‘साना व्यवसायीलाई व्यवसायमा समस्या भए मर्ज गरेर अघि बढ्नुस्, त्यसो भए व्यवसाय गर्न सजिलो हुन्छ ।’

कार्यक्रमलाई दशरथ रंगशालाबाट उद्घाटन गरेर निर्माण व्यवसायीको कार्यालयमा आएर रक्तदान समेत आयोजना गरिएको थियो । साथै व्यवसायीले आफ्नो क्षेत्रका समस्या सम्बोधन गर्न सरकारसँग आग्रह समेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट