भारतीय पूर्वसेना प्रमुखसहित परिवार चढेको हेलिकप्टर दुर्घटना-Sutra News

भारतीय पूर्वसेना प्रमुखसहित परिवार चढेको हेलिकप्टर दुर्घटना

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

भारतीय  पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटनामा परेको छ ।



रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर  तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको टाइम्स अफ इन्डियाले जनाएको छ । समाचार अनुसार सेनाका वरिष्ठ अधिकारी पनि सवार थिए । भारतीय वायुसेनाको ट्वीटका अनुसार यो एमआई-१७भी५ हेलिकप्टर थियो।

जनरल रावतलाई जनवरी १, २०२० मा देशको पहिलो चीफ अफ डिफेन्स स्टाफको रूपमा नियुक्त गरिएको थियो। दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्न निर्देशन दिइएको वायुसेनाले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट