राप्रपा केन्द्रीय कमिटीको बैठक कमल थापाद्वारा बहिष्कार-Sutra News

राप्रपा केन्द्रीय कमिटीको बैठक कमल थापाद्वारा बहिष्कार

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यमितिको बैठक सुरु भएको छ । निर्वाचित कार्यसमितिको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा केहीबेर अगाडीबाट सुरु भएको हो ।



आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसमितिको एजेण्डा पेश गर्ने तयारी तयारी छ । बैठकमा राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी सहभागी रहेका छन् ।

अध्यक्ष राजेन्द्रसंग हारेका निवर्तमान अध्यक्ष कमल थापा भने बैठकमा सहभागी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट