हेलिकोप्टर दुर्घटना अपडेट : पूर्वसेना प्रमुख रावत अस्पताल भर्ना, मृतकको संख्या ५-Sutra News

हेलिकोप्टर दुर्घटना अपडेट : पूर्वसेना प्रमुख रावत अस्पताल भर्ना, मृतकको संख्या ५

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

भारतको तमिलनाडुमा बुधबार (आज) भारतीय पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ ।



दुर्घटनामा परेर ५ जनाले ज्यान गुमाएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उक्त हेलिकोप्टरमा पूर्वसेना प्रमुख विपिन रावत र उनकी श्रीमती मधुलिका रावत सवार थिए ।

हालसम्म पनि जनरल राउतको स्वास्थ्य स्थिति के–कस्तो छ ? भन्ने कुनै जानकारी गराइएको छैन । यस दुर्घटनामा ५ जनाको मृत्यु भइसकेको र केही गम्भीर घाइते भएका बताइएको छ ।

दुर्घटनाबारे भारतीय रक्षमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट