कोरोनाका कारण आज २ जनाले गुमाए ज्यान, २८० जनामा संक्रमण पुष्टि-Sutra News

कोरोनाका कारण आज २ जनाले गुमाए ज्यान, २८० जनामा संक्रमण पुष्टि

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

नेपालमा बुधबार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



देशभर गरिएको ९ हजार १ सय ६८ पिसिआर परिक्षणका क्रममा २ सय ५५ जना र ३ हजार ६ एन्टीजेन परिक्षणका क्रममा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार ४४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ५ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३ सय ६६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ५ हजार ५ सय ७१ संक्रमित निकोे भएका छन् ।

हाल नेपालमा ६ हजार २ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट