भारतमा मजदुरी गर्दा घाइते भएर चलेन कम्मरमुनिको भाग, उपचार गर्न पैसाको अभाव-Sutra News

भारतमा मजदुरी गर्दा घाइते भएर चलेन कम्मरमुनिको भाग, उपचार गर्न पैसाको अभाव

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

भारतको मेघालयमा कोइला काट्ने क्रममा घाइते भएका खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४१ वर्षीय बलराम राईको उपचारमा आर्थिक संकट परेकाे छ ।



२०७६ सालमा कोइला खाद पुगेका राई गत २ मंसिरमा घाइते भएका थिए । भारतमा सामान्य उपचारपछि त्यहाँ रहेका नेपालीले चन्दा उठाएर नेपाल पठाएका थिए । उनकाे अहिले अपांग अस्पताल नारायणटारमा उपचार भइरहेको छ ।

तर, आर्थिक अभावका कारण थप उपचार अघि बढ्न नसकेको घाइते राईले बताए । उनको कम्मरमुनिको भाग चल्दैन ।  दिसापिसाब भएकाे समेत थाहा पाउँदैनन् ।

थप उपचारमा सहयाेग गर्न उनले अपील गरेका छन् ।  बलरामको श्रीमती सहित तीन छोरी र तीन छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट