रावल भन्छन् – ओलीले भन्दा राम्रो अध्यक्ष चलाएर देखाउँथे-Sutra News

रावल भन्छन् – ओलीले भन्दा राम्रो अध्यक्ष चलाएर देखाउँथे

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८
फाइल फोटो

नेकपा एमालेका नेता भीम रावलले आफूले अध्यक्ष पाएको भए केपी शर्मा ओलीले भन्दा राम्रो एमाले चलाउने आफ्नो सोच रहेको बताएका छन् ।



आफ्नो गृहजिल्ला अछाममा आयोजित एक कार्यक्रममा रावलले आफू अध्यक्ष बन्न पाएको भए एमालेलाई राम्रो बनाउने बताएका हुन् ।

‘तपाईंले भन्दा राम्रो अध्यक्ष चलाउँथे मैले,’ आफूले महाधिवेशनका क्रममा ओलीलाई भनेको स्मरण गर्दै रावलले भने ।

रावलले ओलीले उपाध्यक्ष खानुस भन्दा पनि आफूले नखाएको बताए । ‘अध्यक्ष ओलीले मलाई उपाध्यक्ष खानुस भन्नुभएको थियो,’ रावलले भने, ‘मैले अध्यक्षमै लड्छु भनें । त्यसपछि केन्द्रीय समितिको सपथ खानुस भन्नुभयो, मैले खाइन ।’

उनले आफूले टिका लगाएर उपाध्यक्ष नखाने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट