तामिलनाडू विमान दुर्घटना- भारतीय रक्षा प्रमुख रावतसहित १३ जनाको निधन, बाँकी १ जनाको उपचार हुँदै  -Sutra News

तामिलनाडू विमान दुर्घटना- भारतीय रक्षा प्रमुख रावतसहित १३ जनाको निधन, बाँकी १ जनाको उपचार हुँदै  

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

भारतको तामिलनाडूमा आज दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख विपिन रावतको निधन भएको छ ।



हेलिकोप्टरमा सवार १४ मध्ये १३ जनाको निधन भएको संचार माध्यमहरुले जनाएका छन् । दुर्घटनामा रावतसँगै उनकी पत्नीको पनि निधन भएको छ ।

यो दुर्घटनामा परेका एकजना सैन्य अधिकारीको उपचार जारी छ।

उक्त हेलिकोप्टर दुर्घटनापछि रावतलाई अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट