आज र भोलि यी ठाउँहरुमा वर्षा हुने, सतर्क रहन विभागको आग्रह-Sutra News

आज र भोलि यी ठाउँहरुमा वर्षा हुने, सतर्क रहन विभागको आग्रह

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

मौसम विभागले आज र भोलिको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।



हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

 २०७८ मंसिर २३ गते (विहीबार)

दिउँसो : प्रदेश नं १ को  भू-भागमा आंशिक देखि सामान्य बदली,  बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः : प्रदेश नं १ र प्रदेश नं २ को भू-भागमा आंशिक देखि सामान्य बदली,  बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र प्रदेश नं २  का भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 २०७८ मंसिर २४ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी वुलेटिन तथा सूचनाको जानकारी लिनु हुन समेत अनुरोध छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट