काँग्रेस केन्द्रीय कमिटीको बैठक आज बस्दै, सहमहामन्त्री पद थपिने व्यापक सम्भावना-Sutra News

काँग्रेस केन्द्रीय कमिटीको बैठक आज बस्दै, सहमहामन्त्री पद थपिने व्यापक सम्भावना

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले आज केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज ११ बजे केन्द्रीय कमिटीको बैठक बस्दैछ ।



आजको बैठकमा यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुने १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ ।

स्रोतका अनुसार आजको बैठकमा खुलातर्फ दुई जना सहमहामन्त्री थप्ने तयारी छ । काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच सोही पद थप्ने तयारी भएको पनि बुझिएको छ ।

बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहेन छ ।

२४ गतेबाट महाधिवेशन गर्न लागेको कांग्रेसले त्यसअघि अन्तिम बैठक बोलाएको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट