यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकको कार्यसूची-Sutra News

यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकको कार्यसूची

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । १० औं महाधिवेशनपछि पहिलो पटक एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।



बैठक २५ र २६ मा भक्तपुरस्थित जर्मनहाउस हस्पिटालीटी गठ्ठाघरमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए।

बैठक विहान ११ बजे बस्ने छ । बैठकमा वाँकी रहेका केन्द्रीय सदस्यको सपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनय, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद गठन र नेताहरुको कार्यविभाजन लगायतका १५ एजेण्डा रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट