अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई अमेरिका पुगेपछि कोरोना संक्रमण-Sutra News

अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई अमेरिका पुगेपछि कोरोना संक्रमण

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई कोभिड पोजेटिभ भएको छ । अमेरिका भ्रमणका क्रममा उनलाई कोभिड पोजेटिभ देखिएको हो ।



बार्नेवी जोइसले यसै साता अमेरिका भ्रमणका क्रममा आफूलाई कोभिड भएको बताएका छन् । जोइसले आफू अहिले आइसोलेसनमा रहेको र सामान्य लक्षण देखिएको बताएका छन् ।

अमेरिका भ्रमण गर्नुअघि जोाइसले बेलायतका मन्त्री डोमिनिक र्याब र ग्रयान्ट स्यापलाई बुधबार भेट गरेका थिए । जोइसलाई कसरी कोभिड संक्रमण भयो भन्ने बारेमा केही खुलेको छैन् ।

उनीसँगै अमेरिका भ्रमणमा रहेको प्रतिनिधिमन्डलका अन्य कुनै सदस्यलाई भने संक्रमण नभएको जनाइएको छ ।

बेलायत छोड्नुअघि आफूमा कोभिडको नेगेटेभि रिपोर्ट देखिएको, तर अमेरिका पुगेपछि कम्जोर र पीडा महशुस गरेको उनले बताएका छन् ।

आफू कम्तिमा १० दिन आइसोलेसनमा बस्ने र अमेरिकी अधिकारीहरुसँगको भेट स्थगित गरिएको उनले जनाएका छन् ।

लन्डनमा हुँदा आफू पनि क्रिसमसको एउटा सपिङको भिडमा रहेको उनले बताएका छन् । जोइस भाइरसबाट संक्रमित हुने अस्ट्रेलियाका उच्च ओहदाका राजनीतिज्ञ हुन् । गत वर्ष अमेरिका भ्रमणकै क्रममा रक्षामन्त्री पिटर डुटनलाइ पनि कोभिड भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट