माओवादी विभागमा पूर्वमुख्यसचिव, पूर्वन्यायाधीशदेखि पूर्वनिर्वाचन आयुक्तसम्म-Sutra News

माओवादी विभागमा पूर्वमुख्यसचिव, पूर्वन्यायाधीशदेखि पूर्वनिर्वाचन आयुक्तसम्म

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संगठन विभाग र संसदीय विभागको नेतृत्वको जिम्मेवारी दिँदै नेकपा माओवादी केन्द्रले ३५ वटा केन्द्रीय विभागको जिम्मेवारी टुंगो लगाएको छ ।



पूर्वमुख्यसचिव लिलामणी पौडेल, पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, निर्वाचन आयुक्त सुधीर साह, नेपाल बार एशोसियनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालतका पूर्वन्यायाधीशद्वय ए मिकरानी र भी चौलागाईँलाई समेटेर माओवादी केन्द्रले ३५ वटा विभाग गठन गरिएको हो ।

माओवादीले ३५ वटा विभाग गठन गरेपनि केही विभागले अझै पूर्णता पाउन सकेका छैनन । पूर्णता पाउन बाँकी रहेका विभागहरूमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्णता दिने अधिकार दिएको छ । विभागको अलवा माओवादी केन्द्रले नीति अनुसन्धान प्रतिष्ठान गठन गरेपनि यसको प्रमुख र उप्रमुखसहित १५ सदस्य नियुक्त गर्न बाँकी रहेको छ ।

सामान्य प्रशासन र संसदीय विभागमा पनि १६÷१६ जना सदस्य नियुक्त भएका छैनन् । माओवादी केन्द्रले सवै विभागको पूर्णता दिएर मंसिर महिनाभित्र सपथ लिइ आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा विभागबाट १० प्रतिशत प्रतिनिधि चयन गर्नुपर्ने व्यवस्था गरेको छ । ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट