म कुनै पनि हालतमा सभापतिको दाबी छोड्दिन – सिंह-Sutra News

म कुनै पनि हालतमा सभापतिको दाबी छोड्दिन – सिंह

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने अडान दोहोर्याएका छन् ।



बिहीवार कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले सहमतिका नाममा सभापतिको दौडबाट पछि नहट्ने बताएका हुन् ।

महाधिवेशन शुरू हुनुभन्दा एक दिन अगाडि पनि सभापति शेरबहादुर देउवाइतर पक्षले सभापतिको साझा उम्मेदवार छनोट गर्न सकेको छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा रहेका प्रकाशमान सिंह र डा. शेखर कोइराला दुवैले आफ्नो दाबी छोडेका छैनन् । बुधवार र बिहीवार बिहान सम्म भएको पटक-पटकको छलफलमा सिंहले बरू सबै प्रत्यासीहरूले प्रतिस्पर्धा गर्नुपर्ने तर आफूले दाबी नछोड्ने अडान लिएका छन् ।

यता पौडेल भने कोइराला र सिंहबीच सहमति गराउने प्रयासमा लागिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट