भारतमा जेल जिवन बिताएका दुर्गाप्रसादलाई ५ लाख भारु क्षतिपूर्ति दिन आदेश-Sutra News

भारतमा जेल जिवन बिताएका दुर्गाप्रसादलाई ५ लाख भारु क्षतिपूर्ति दिन आदेश

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

विना कसुर भारतको जेलमा ४० वर्ष थुनिएर गत चैतमा रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई ५ लाख भारु क्षतिपूर्ति कलकत्ताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।



मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल ५ लाख भारु अर्थात नेपाली ८ लाख रुपैयाँ जम्मा गर्न आदेश दिएको हो ।

दुर्गाप्रसादको मुद्दामा पैरवी गरेका कोलकाताका वकिल हिरक सिन्हाका अनुसार उच्च अदालतले यहि ७ डिसेम्बर (मंसिर २१ गते) को दिन भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् दुर्गाप्रसादको बैंक खातामा पैसा पठाउन आदेश दिएको छ ।

इलामको माई नगरपालिका-१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा एक युवतीको हत्या आरोपमा उनी पक्राउ परेका थिए ।

आरोप प्रमाणित नभएपछि २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो । चैत ७ गते उनी कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट