३ अर्ब ऋण लगानी घटेपछि सिडी रेसियोमा सुधार-Sutra News

३ अर्ब ऋण लगानी घटेपछि सिडी रेसियोमा सुधार

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी ३ अर्ब रुपैयाँले घटेपछि कर्जा-निक्षेप अनुपात (सिडी रेसियो)मा सुधार आएको छ ।



नेपाल राष्ट्र बैंकका अनुसार सोमबारको तुलनामा मंगलबार बैंक तथा वित्तीय संस्थाको निक्षेप ३ अर्ब रुपैयाँले वृद्धि हुँदा ऋण लगानी पनि तीन अर्ब रुपैयाँले नै घटेको छ ।

सोमबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानी ४५ खर्व ८८ अर्ब रुपैयाँ रहेकोमा मंगलबार ४५ खर्व ८५ अर्ब रुपैयाँमा झरेको छ । यसैगरी सोमबारसम्म ४७ खर्व ९८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वृद्धि भई मंगलबार ४८ खर्व एक अर्ब पुगेको छ ।

निक्षेप वृद्धि र कर्जा लगानी घटेपछि बैंकको औसत सिडी रेसियो मंगलबार ९० दशमलव ८९ प्रतिशतमा झरेको छ । सोमबार सिडी रेसियो ९१ प्रतिशत रहेको थियो । निक्षेप घटेपनि कर्जा लगानीमा आक्रमक भएपछि बैंकमा तरलता अभाव भइरहेको छ ।

मंगरबारसम्मको वित्तीय सूचक

कुल निक्षेप: ४८ खर्ब एक खर्ब
कुल लगानी: ४५ खर्ब ८५ अर्ब
कर्जा-निक्षेप अनुपात: ९०.८९ प्रतिशत
अन्तरबैंक व्याजदर: ४.९८ प्रतिशत

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट