अन्ततः गगन शेखरतिरै खुले-Sutra News

अन्ततः गगन शेखरतिरै खुले

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८
फाइल फोटो

आसन्न १४ औं महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका युवानेता गगन थापाले सभापतिका रूपमा डा. शेखर कोइरालालाई अघि सारेका छन् ।



बिहीवार बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको संस्थापन इतरका नेताहरूको भेलामा थापाले कोइरालालाई साझा उम्मेदवार बनाएर अघि बढाउन सुझाव दिएका हुन् ।

‘राष्ट्रिय राजनीतिलाई कांग्रेस अनुकूल बनाउन शेखर कोइरालालाई साझा उम्मेदवार बनाएर अघि बढ्नु राम्रो हुन्छ,’ थापाको भनाइ उदृत गर्दै पौडेल समूहका एक केन्द्रीय सदस्यले भने ।

थापाले महामन्त्रीमा दाबी गरिरहेका छन् । १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको प्यानलबाट उम्मेदवारी दिएका थापा महामन्त्रीमा पराजित भएका थिए । थापाले सिटौला समूह छाडिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट