मितेरी डेभलपमेन्ट बैंकको १४ प्रतिशत लाभांश घोषणा-Sutra News

मितेरी डेभलपमेन्ट बैंकको १४ प्रतिशत लाभांश घोषणा

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलार्ई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।



उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले प्राप्त गर्न सक्नेछन् ।

बैंकले हाल कायम ७९ करोड ७३ लाख ७६ हजार ९३७ रुपैयाँ उक्त लाभांश प्रस्ताव गरेको हो । सेयरधनीलाई १३ दशमलव ३० प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजार ७० रुपैयाँ १९ पैसा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट