आर्थिक वृद्धिदर ७ प्रतिशत नै हुने अर्थमन्त्री शर्माको ठोकुवा-Sutra News

आर्थिक वृद्धिदर ७ प्रतिशत नै हुने अर्थमन्त्री शर्माको ठोकुवा

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल हुने ठोकुवा नै गरेका छन् । ‘क्लाइमेट चेञ्ज’ ले धेरै चुनौती र विभिन्न समस्याहरु आएपनि अर्थविज्ञहरुले अनुमानहरु गरेभन्दा फरक परिस्थिति विकास भइसकेको भन्दै अर्थमन्त्री शर्माले ७ प्रतिशतकै लक्ष्य भेटिने ठोकुवा गरेका हुन् ।



बिहीबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले ‘क्लाइमेट चेञ्ज’का कारण बेमौसमी वर्षाले खर्बौंको क्षति भएको भन्दै उनले यी चुनौतीका बावजुद पनि आर्थिक वृद्धिदरको लक्ष्य भेटिनेमा आफु विश्वस्त रहेको बताए ।

अहिले बैंकिङ क्षेत्रमा १६ अर्बमात्रै लगानी योग्य रकम (तरलता) रहेको भन्दै उनले तरलता समस्या भने रहेको बताए । चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइनसकेको बताए । यसमा पुँजीगत खर्च नहुनु पनि एउटा कमजोरी भएको बताए ।

सरकार परिवर्तनपछि प्रतिस्थापन बजेट ल्याउने प्रक्रिया, नीतिगत प्रक्रिया लगायतमा समय लागेका कारण खर्च हुन केही ढिलाइ भएको भन्दै अर्थमन्त्री शर्माले अब अब रफ्तारमा पुँजीगत खर्च हुने बताए । उनले भने– ‘नीतिगत प्रक्रियाहरु, प्रतिस्थापन विधेयक पारित लगायतले केही ढिलाइ भयो, अब ढिलो हुँदैन पुँजीगत खर्च रफ्तारमा हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट