केन्द्रीय समिति बैठक बहिष्कार गर्ने निर्णयमा किन पुगे पौडेल ?-Sutra News

केन्द्रीय समिति बैठक बहिष्कार गर्ने निर्णयमा किन पुगे पौडेल ?

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८
फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय समिति बैठकमा नजाने भएका छन् ।



१४ औं महाधिवेशनको अन्तिम तयारीमा रहेको कांग्रेसको केन्द्रीय समितिको अन्तिम बैठक बिहीवार अपराह्न बस्दैछ ।

पौडेल सभापतिका प्रत्यासी उम्मेदवार हुन् । पौडेलको सचिवालयले उनी बैठकमा सहभागी नहुने बताएको छ ।

पौडेलले आजको बैठक बहिष्कार गर्नुलाई अर्थपूर्ण हिसाबले हेरिएको छ ।

आजको बैठकमा महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुनेछ ।

भोलि शुक्रवारदेखि राजधानी काठमाडौँमा कांग्रेस महाधिवेशन शुरू हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट