प्रतिनिधिको दर्ता प्रक्रियासँगै शुरू भयो कांग्रेस महाधिवेशन, झोला र परिचयपत्र वितरण शुरू  -Sutra News

प्रतिनिधिको दर्ता प्रक्रियासँगै शुरू भयो कांग्रेस महाधिवेशन, झोला र परिचयपत्र वितरण शुरू  

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रकियासँगै शुरू भएको छ ।



बिहीवार अपराह्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू गरिएको हो । प्रदेशगत रूपमा समूह बनाएर दर्ता शुरू गरिएको कार्यालयले जनाएको छ ।

दर्ता भएपछि प्रतिनिधिहरूलाई परिचय पत्र दिइन्छ । परिचयपत्रसँगै झोला र झोलामा पार्टीको विधान, नियमावली, महामन्त्रीको संगठनात्मक प्रतिवेदन, सभापतिको राजनीतिक प्रतिवेदन, एक बोतल ह्यान्ड स्यानिटाइजर र  १० वटा मास्क समेत दिइएको छ ।

यता सभापति शेरबहादुर देउवाले भने महामन्त्रीको पद थप्ने प्रस्तावसँगै केन्द्रीय समितिको बैठक बोलाएका छन् । आकांक्षीहरूको व्यवस्थापन गर्न सभापति देउवाले बोलाएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने उपस्थित नहुने भएका छन् ।

महाधिवेशनको उद्घाटन भने शुक्रवार भृकुटीमण्डपमा हुने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट