कांग्रेस महाधिवेशनः ओखलढुंगाका आठ नेताको केन्द्रीय सदस्यमा दाबी-Sutra News

कांग्रेस महाधिवेशनः ओखलढुंगाका आठ नेताको केन्द्रीय सदस्यमा दाबी

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ओखलढुंगाबाट आठ नेताले दाबेदारी पेस गरेका छन् । कांग्रेसभित्रको दुई समूहले केन्द्रीय पदाधिकारी यकिन गर्न नसके पनि जिल्लाका नेताहरुले भने आफ्नो दाबेदारी पेस गरेका हुन् ।



शुक्रबारबाट सुरू हुने १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उमेद्वार बन्न जिल्लाकै पुराना नेता महेश कोर्मोचादेखि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीसम्मले दाबी पेस गरेका हुन् । यद्यपि अधिकारीले भने महासंघको पद त्याग्ने संकेत गरेकी छिन् ।

जिल्लाका निवर्तमान पार्टी सभापति प्रदीपकुमार सुनुवार, पूर्वपार्टी सभापतिहरू महेश कोर्मोचा र गोमा केसी, ट्रेड युनियनका पूर्व अध्यक्ष खिला दाहाल, संविधानसभा सदस्य रामहरि खतिवडा, नेविसंघका पूर्व केन्द्रीय उपसभापति नविन राई, महिला नेतृ बाला अधिकारी र युवा नेता डेकराज भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने जनाएका हुन् ।

उमेद्वारी घोषणा गरेका नेताहरू गुटको लिस्टमा पर्न दौढधुप नेताको घरदैलो थालेका छन् । एउटै समूह भित्र धेरै आकांक्षी भएकाले गुटको लिस्टमा नपर्दा चुनाव जित्न सजिलो नहुने निचोडसहित नेताहरू आ(आफ्नो समूहमा लविङमा छन् । खतिवडा, सुनुवार, दाहाल, अधिकारी र भट्टराई देउवा समूहका हुन् भने कोर्मोचा, केसी र राई कोइरालापौडेल पक्षका हुन् ।

विगतमा पनि नेताहरूले उम्मेदवारी दिने र गुटको उम्मेदवार हुन नसक्दा पराजित भएका उदाहरण छन् । जिल्लाबाट एक वा दुई बन्ने हो भने जित्न सक्ने अन्यथा एकले अर्कोलाई हराउने काम मात्र हुने धेरैको विष्लेषण छ । पत्रकार कुम्भराज राईले नेताहरूले जित्नेभन्दा हराउने काममा उम्मेदवार बन्न खोजेको टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट