कांग्रेस महाधिवेशनः प्यानल नै घोषणा गर्ने सिटौला समूहको तयारी-Sutra News

कांग्रेस महाधिवेशनः प्यानल नै घोषणा गर्ने सिटौला समूहको तयारी

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

पार्टीको १४औँ महाधिवेशन सुरु हुने अघिल्लो दिन बिहीबार कांग्रेस नेताहरू पदाधिकारी चयनका लागि छलफलमा व्यस्त भएका छन् । पार्टीको केन्द्रीय समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइए पनि सुरु हुन सकेको छैन भने कृष्णप्रसाद सिटौला समूहको बैठक गौशालामा बसिरहेको छ ।



शुक्रबार आफ्नो समूहबाट प्यानल नै घोषणा गर्ने तयारी स्वरुपमा बिहीबार सिटौला समूह बैठकमा बसेको नेताहरु बताउँछन् । गौशालास्थित सिटौलाको सम्पर्क कार्यालयमा बसेको बैठकमा पदाधिकारी र सदस्यको नाम टुंगो लगाउने गरी छलफल भइरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलले आफुलाई सहयोग गर्न आग्रह गरे पनि सिटौला आफ्नो छुट्टै प्यानल बनाउन अग्रसर भएका हुन् । १३औँ महाधिवेशनमा पनि सिटौला समूहले प्यानल बनाएर प्रतिस्पर्धा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट