ओलीलाई रुघाखोकी, भोलिको कांग्रेस महाधिवेश उद्घाटनमा उपस्थित नहुने सम्भावना-Sutra News

ओलीलाई रुघाखोकी, भोलिको कांग्रेस महाधिवेश उद्घाटनमा उपस्थित नहुने सम्भावना

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रुघाखोकी लागेको छ । अलिक अस्वस्थ महसुस भएपछि उनी आफ्नै निजी निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।



आजका लागि पूर्व निर्धारित कार्यक्रममा ओली सहभागी भएका छैनन् । अपराह्न साढे १२ बजे प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ओली उपस्थित भएनन् ।

भोलि काठमाडौँमा उद्घाटन हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ओली उपस्थित हुने नहुने टुंगो छैन ।

‘स्वस्थ हुनुभयो भने जानुहोला, नत्र बिरामी हुँदा हुँदै जाने कुरा भएन,’ सचिवालयले सुत्रन्यूजलाई बतायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट