यी हुन् कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठकका निर्णयहरू-Sutra News

यी हुन् कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठकका निर्णयहरू

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

नेपाली कांग्रेसको केन्द्रीय समितिले १४ औं महाधिवेशनमा सभापति, महामन्त्री र अन्यले पेश गर्ने प्रतिवेदन पास गरेको छ ।



बिहीवार अपराह्न बसेको बैठकले तीन प्रतिवेदन पास गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका हुन् ।

भोलिदेखि शुरू हुने कांग्रेस महाधिवेशनको एक दिन अगाडि केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले सांगठानिक प्रतिवेदन पेश गरेका थिए । केही रायसहित उक्त प्रतिवेदन बैठकले पास गरेको हो ।

त्यस्तै सभापति देउवाले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र कोषाध्यक्षले पेश गर्ने आर्थिक प्रतिवेदन पनि बैठकले पास गरेको छ ।

यसअघि भनिएजस्तो बैठकले पदाधिकारी र केन्द्रीय समितिको संख्या भने नबढाएको शर्माको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट