लैङ्गिक हिंसा विरुद्धको अभियानमा प्रेस काउन्सिल-Sutra News

लैङ्गिक हिंसा विरुद्धको अभियानमा प्रेस काउन्सिल

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा प्रेस काउन्सिल नेपालले महिला कर्मचारीसँग छलफल गरेको छ । पत्रकार तथा सञ्चारमाध्यमले यौन अपराध वा सामाजिक विभेद गर्ने सामग्री उत्पादन गरेको छ छैन त्यसको पनि सुक्ष्म ढङ्गले अनुगमन गर्नुपर्नेमा महिला कर्मचारीहरूले जोड दिएका छन् ।



कार्यक्रममा मुख्य अधिकृत झबिन्द्र भुसालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा काउन्सिलले ऐक्यबद्धता जनाएको बताए । उनले कार्यस्थलमा हिंसा सम्बन्धी कुनै क्रियाकलाप वा गतिविधि भएको छ÷छैन स्पष्ट भएर धारणा राख्न आग्रह गरे ।

शाखा अधिकृत एवं महिला फोकल पर्सन गिता पराजुलीले महिला कर्मचारीहरूसँग रहेका समस्या र भोग्नुपरेको पीडाबारे जानकारी लिएकी थिइन् ।

महिला कर्मचारीहरूले पेसागतरूपमा भोग्नुपरेका चुनौती, समस्या र प्राप्त अवसरहरू बारे धारणा राख्दै कहिल्यै पनि कुनै पुरुष सहकर्मीबाट हिंसा सम्बन्धी व्यवहार झेल्नु नपरेको बताएका छन् । महिला कर्मचारीहरुले महिनावारी हुँदा कार्यालयमा स्वास्थ्य सर्तकताका लागि आवश्यक औषधीउपचार सेनेटरीलगायत व्यवस्था हुनुपर्ने उल्लेख गरेका छन् ।

छलफलपछि मुख्य अधिकृत भुसालले महिनावारी स्वास्थ्य सतर्कताका लागि आवश्यक सम्पूर्ण व्यवस्था तत्काल मिलाउने तथा कार्यालयमा आकस्मिक आरामकक्ष र स्तनपानकक्षको व्यवस्थापन गरिने बताए ।

सहभागी महिलाहरूले कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नहुने र गरेको पाइएमा कानुन बमोजिम दण्डको व्यवस्था गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट