कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा, स्टेज निर्माणमा ५० लाख बढी खर्च-Sutra News

कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा, स्टेज निर्माणमा ५० लाख बढी खर्च

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।



शुक्रबारदेखि सुरु हुने महाधिवेशनका लागि देशभरबाट ४६ सय प्रतिनिधि सहभागी हुुँदैछन् । यतिबेला महाधिवेशनस्थल भृकुटीमण्डपमा सिंगारिँदै छ ।

महाधिवेशनस्थल सिंगार्न रोशन आर्टस् सर्भिसले जिम्मा लिएको छ । बुधबारदेखि नै आर्टसका ३५ जना कामदार महाधिवेशन सिंगार्न खटिरहेका छन् ।

अहिले महाधिवेशनस्थलमा स्टेज धमाधम बनिरहेका छन् । साउन्ड सिस्टम, विद्युतको व्यवस्थापन भइरहेको छ ।

‘हामीले सिंगार्न थालेको, स्टेज बनाउन थालेको तीन दिन भयो । दिनको २०/२२ घन्टासम्म ३५ जना कामदारले काम गरिरहेका छन्’, रोशन आर्टस् सर्भिसका प्रोपाइटर रोशन जैसवालले भने ।

जैसावालका अनुसार सुरुमा स्टेज निर्माण तथा सजावटका लागि ३५ लाख रुपैयाँमा सम्झौता भएको थियो । तर, आयोजकको डिमान्डा सम्झौताभन्दा बढी हुन थालेपछि अहिले खर्च बढ्ने भएको छ ।

जैसवाल भन्छन्, ‘सुरुमा ३५ लाखमा सम्झौता भएको हो । तर, अहिले ५० लाखभन्दा बढी खर्च लाग्छ जस्तो छ ।’ निर्माणको जिम्मा लिएको कम्पनीले भोलि बिहानसम्म कार्यक्रम स्थल निर्माण गरिसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट