काँग्रेस महाधिवेशन- खस आर्यबाट केन्द्रीय सदस्यमा चिरन्जीवि थापा-Sutra News

काँग्रेस महाधिवेशन- खस आर्यबाट केन्द्रीय सदस्यमा चिरन्जीवि थापा

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको महाधिवेशनका लागि केन्द्रीय सदस्य खस आर्यमा पार्टी सभापति शेरवहादुर देउवा प्यानल एक नम्वर प्रदेशले चिरन्जीवि थापालाई सहयोग गर्ने भएको छ ।



राजनीतिमा लामो समय देउवाको निकटमा रहेर काम गरेका कारण उनलाई केन्द्रीय सदस्य बनाउनमा देउवा सकारात्मक रहेको काँग्रेसकै नेताहरुले बताएका छन् । अहिलेसम्म खस आर्यमा थापा नै बलियो रहेको ती नेता बताउँछन् ।

विद्यार्थी संगठनबाट राजनीति थालेका थापा पटक पटक महासमिति, महाधिवेशन प्रतिनिधी भइसकेका छन् ।

काँग्रेस महाधिवेशन भोलि शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट