ओखलढुंगामा किन बढाइँदैछ एचआईभी एड्स परीक्षणकाे दायरा ?-Sutra News

ओखलढुंगामा किन बढाइँदैछ एचआईभी एड्स परीक्षणकाे दायरा ?

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

ओखलढुंगामा एड्स परीक्षणकाे दायरा बनाउने तयारी थालिएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयले सुषुप्त अवस्थामा रहेकाे एड्स संक्रमण दरकाे वृद्धि राेक्न अभियान चलाउने तयारी गरेकाे हाे ।



एड्सबारेकाे भ्रमका कारण बिरामी खुलेर उपचारका लागि स्वास्थ्य संस्थामा नआउने स्वास्थ्यकर्मीहरू बताउँछन् । जिल्लामा १४ जना संक्रमितले उपचार सेवा लिइरहेकाे स्वास्थ्य कार्यालयका सुचना अधिकारी पुष्पराज पन्तले बताए । सरकारले एड्स राेगीकाे नि:शुल्क उपचार गर्दै आएकाे छ ।

पहिचान खुल्ने र समाजबाट तिरस्कृत हुने डरले बिरामी खुल्न नचाहेकाले सचेतना समुदायलाई नै आवश्यक रहेकाे पन्तकाे भनाइ छ । जिल्ला अस्पतालमा मात्र परीक्षण तथा उपचार सेवा रहेकाेमा अब दायरा बढाएर पालिका तहमा पुर्‍याउने लक्ष्य छ । पालिकाबाटै सचेताना अभियान र परीक्षण तथा उपचार सेवा दिने हाे भने संक्रमण नियन्त्रण हुने अपेक्षा गरिएकाे स्वास्थ्य कार्यालयका प्रमुख अहमद मन्सुरीले जानकारी दिए ।

संक्रमित भएर ओखलढुुंगाका सरकारी स्वास्थ्य संस्थाबाट सेवा  लिइरहेका मध्ये १० जना ओखलढुंगा, एक जना खाेटाङ र तीन जना साेलुखुम्बुका रहेकाे बताइएकाे छ । संक्रमणदर न्यून रहे पनि थप नियन्त्रण गर्दै परिवार तथा समुदायलाई सुरक्षित राख्न पालिका तहबाट परिक्षण तथा उपचार गर्न छुट्टै युनिट व्यवस्थापन गरिने मन्सुरीकाे भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट