लमजुङ जीप दुर्घटना अपडेट : तीन जनाको मृत्यु, आठ घाइते-Sutra News

लमजुङ जीप दुर्घटना अपडेट : तीन जनाको मृत्यु, आठ घाइते

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । जिल्लाको मर्स्याङ्दी गाउँपालिका ९ मा रहेको गणेश माविबाट मर्स्याङ्दी गाउँपालिका–८ भुष्मे हुँदै पिसहिल जाँदै गरेको ग१ज ६३१७ नम्बरको जीप बिहीबार भुष्मेको गोया खोल्सामा साढे ११ बजे दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।



दुर्घटनामा शिक्षक कपिलवस्तु वाणगंगा गाउँपालिका–८ का ३८ वर्षीय कमल राना मगर, कक्षा सातमा अध्ययनरत मर्स्याङ्दी गाउँपालिका–९ की १३ वर्षीया छात्रा प्रमिशा गुरुङ र सोही ठाउँका कक्षा ६ मा अध्ययनरत १२ वर्षीय छात्र गणेश भण्डारीको ज्यान गएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार शिक्षक, विद्यार्थी मिलेर तीन वटा जिप लिएर पिस हिलमा शैक्षिक भ्रमणका लागि जाँदै गरेको मध्ये एउटा जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका आठ जनामध्ये ६ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । जिपमा सवार १७ जना रहेकोमा मर्स्याङ्दी–९ बस्ने १४ वर्षीय विवेक विक र सोही ठाउँका ४७ वर्षीय चालक वीरेन्द्र थापाको टाउकोमा चोट लागेकाले जिल्ला अस्पताल लमजुङमा सामान्य उपचारपछि थप उपचारको लागि मनकामना अस्पताल चितवन रिफर गरिएको लमजुङका प्रहरी प्रमुख डीएसपी कार्कीको भनाई छ ।

जीप सडकबाट १ सय २० मिटर तल खसेको थियो । साँघुरो बाटोमा जीप ब्याक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट