अब ट्राफिकले समाते पनि पैसा तिर्नेबित्तिकै कागजपत्र फिर्ता पाइने-Sutra News

अब ट्राफिकले समाते पनि पैसा तिर्नेबित्तिकै कागजपत्र फिर्ता पाइने

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

ट्राफिक प्रहरीले ट्राफिक जरिवनामा परेका चालकलाई जरिवना तिरेर तत्काल कागजपत्र लिन पाइने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित कार्यक्रममा ‘पे फाइन अन द स्पोर्ट, इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ को महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले शुभारम्भ गरे।



सो अवसरमा उनले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको भन्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको सुरुआत गरिएको बताए ।

“पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरी पाँच स्थानको ट्राफिक कार्यालयबाट सुरु गरेका छौँ, आगामी दिनमा यसलाई विस्तार गर्दै लैजान्छौँ”, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट