आज र भोलि चिसो धेरै बढ्ने, सतर्क रहन विभागले गर्यो आग्रह-Sutra News

आज र भोलि चिसो धेरै बढ्ने, सतर्क रहन विभागले गर्यो आग्रह

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम अवस्था सार्वजनिक गरेको छ । विभागका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।



 

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

२०७८ मंसिर २४ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

२०७८ मंसिर २५ गते (शनिबार)

दिउँसो : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ मंसिर २६ गते (आईतबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही  बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।

रातीः देशको  सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्यतया बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी वुलेटिन तथा सूचनाको जानकारी लिनु हुन समेत अनुरोध छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट