कांग्रेस महाधिवेशन उद्घाटन ज्योतिषीय साइतमा-Sutra News

कांग्रेस महाधिवेशन उद्घाटन ज्योतिषीय साइतमा

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८

काठमाडौं, २४ मंसिर-  नेपाली कांग्रेसले आज शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनको उद्घाटन ज्योतिषीय साइतमा गर्ने भएको छ ।



काठमाडौंको भृकुटीमण्डपमा हुने उद्घाटन सत्रको साइत शुक्रबार दिउँसो १ बजेका लागि जुराइएको दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।

‘कांग्रेस महाधिवेशन उद्घाटनको साइत मैले हेरिदिएको हुँ,’ न्युज कारखानासँग उनले भने, ‘शुक्रबार दिउँसो १ बजेका लागि जुराइएको छ ।’  महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभ योगको संयोग पारेर समय निर्धारण गरिएको उनले बताए ।

महाधिवेशन उद्घाटन पञ्चाङ्गअनुसार मंसिर शुक्लपक्षको सप्तमी तिथि, शतभिषा नक्षत्र र सौम्य योगा, चन्द्रमा कुम्भ राशि तथा चन्द्रमा पश्चिम दिशामा रहेको अवस्थामा हुन लागेको ज्योतिष रिजालले बताए । उनका अनुसार महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहने योग पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट